मधेस प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट सिमरामा, सबैभन्दा बढी मौलापुरमा
जलसरोकार
काठमाडौं : सात प्रदेशमध्ये सबैभन्दा बढी विद्युत् चुहावट भएको प्रदेश हो— मधेस । सात प्रदेशमध्ये मधेशमा विद्युत् चुहावट ३५.५६ प्रतिशत छ ।
नेपाल विद्युत् प्राधिकरणले हालै प्रकाशन गरेको प्रतिवेदन अनुसार मधेश प्रदेश आफैको वितरण चुहावट १५.२९ प्रतिशत छ ।
आव २०८०/८१ मा २१३८.२२ गिगावाट घण्टा (२ अर्ब १३ करोड ८२ लाख २० हजार युनिट) बिजुली बिक्री गरेको मधेस प्रदेशअन्तर्गत २३ वितरण केन्द्र छन् । उक्त आवमा सबैभन्दा कम विद्युत् चुहावट भएको वितरण केन्द्र सिमरा हो । सिमरामा १.४० प्रतिशत मात्र विद्युत् चु्हावट छ ।
अर्कातिर सबैभन्दा बढी विद्युत् चुहावट मौलापुर (४३.५० प्रतिशत) वितरण केन्द्रमा छ । प्राधिकरणले उक्त आर्थिक वर्षमा विद्युत् चुहावटसम्बन्धी ७ हजार ९७ पटक कारबाही गरी ६ करोड २० लाख रुपैयाँ असुलेको थियो । कारबाहीका क्रममा बिजुली चोर्ने कार्यमा संलग्न रहेका २ हजार ६ सय ५६ जनालाई पक्राउ गरेको थियो ।
आव २०८०/८१ मा मधेस प्रदेशअन्तर्गतका वितरण केन्द्रहरुमा विद्युत् चुहावटको अवस्था :
मौलापुर ४३.४०
मलंगवा ४२.९१
सिम्रौनगढ ४१.०३
कलैया ३३.१७
जलेश्वर २८.५८
यदुकुहा २७.४९
राजविराज २६.६८
जनकपुर २५.७९
गौशाला २३.८२
सखुवा २२.८३
बेदेबरसाइन २३.२८
लहान २२.७४
कंचनपुर २२.२३
सिरहा २१.५४
बरहथवा २१.२५
पोखरिया २१.०२
धनुषाधाम १९.५२
सखुवा १७.४०
लालबन्दी १६.४२
च.पुर ११.५२
वीरगञ्ज ५.८८
मिर्चैया ३.०१
सिमरा १.४०
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै