एक सातामै सुन तोलामा ५४ सय रुपैयाँ बढ्यो


काठमाडौं: पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर वृद्धि भएको छ । एक सातामै सुन तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ ।
जेठ १५ गते सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ थियो । यो मूल्य आज १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ थियो ।
चाँदी प्रतितोला ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाा रहेको चाँदी आज २ हजार ७५ रुपैयाँ पुगेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन