कुलमानको रिट कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अन्तरिम आदेश सम्बन्धमा परेको रीट सर्वाेच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलाशमा परेको छ ।
अग्राधिकार प्राप्त उक्त रिट पहिलो नम्बरमा रहेको छ ।
सरकारले गत चैत ११ गते कार्यकारी निर्देशक घिसिङलाई चार महिनाभन्दा बढी अवधि बाँकी छँदै बर्खास्त गरेको थियो । त्यसलगत्तै घिसिङले उत्पे्रषणको आदेश माग गर्दै सर्वाेच्चमा रीट दिएका थिए ।
गत शुक्रबार सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कुलमानको रीटलाई दुई न्यायाधीशको इजलासमा पठाउने आदेश दिएका थिए ।
गत आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा श्रेष्ठको इजलासमा परे पनि प्रत्यर्थी हितेन्द्रदेव शाक्यको तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले वकालतनामा दिएपछि हेर्न नमिल्ने भएको थियो । प्रधानन्यायधीश राउत र अधिकारी कुनै बेला सँगै फर्म सञ्चालन गरेकाले हेर्न नमिलेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्