काँकरभिट्टा नाकाबाट आयात बढ्यो, घट्यो निर्यात
जलसरोकार
झापा: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु ८ अर्ब १९ करोड १ लाख मूल्य बराबरका मालसामान आयात भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु ६८ करोड ८ लाख (करिब ९ प्रतिशत) बढी हो । गत आव २०८१/८२ को सोही अवधिमा रु ७ अर्ब ५० करोड ९२ लाख बराबरका सामान आयात भएका थिए ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा आयात बढेको भए पनि निर्यातमा भने उल्लेख्य कमी आएको छ । साउन–भदौमा रु ३ अर्ब ६ करोड ३७ लाख बराबरका सामान निर्यात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.६९ प्रतिशतले कम हो । गत आवमा सोही अवधिमा रु ३ अर्ब ८६ करोड २८ लाख मूल्यका सामान निर्यात भएका थिए ।
पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट र मोलासिस रहेका छन् । त्यस्तै, आयातमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडालगायत छन् ।
चालु आवको दुई महिनामा आयात–निर्यात कारोबारबाट रु २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यो गत आवको सोही अवधिको तुलनामा रु २० करोड ८६ लाख ९ हजार (८.६२ प्रतिशत) बढी हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य