काँकरभिट्टा नाकाबाट आयात बढ्यो, घट्यो निर्यात
जलसरोकार
झापा: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु ८ अर्ब १९ करोड १ लाख मूल्य बराबरका मालसामान आयात भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु ६८ करोड ८ लाख (करिब ९ प्रतिशत) बढी हो । गत आव २०८१/८२ को सोही अवधिमा रु ७ अर्ब ५० करोड ९२ लाख बराबरका सामान आयात भएका थिए ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा आयात बढेको भए पनि निर्यातमा भने उल्लेख्य कमी आएको छ । साउन–भदौमा रु ३ अर्ब ६ करोड ३७ लाख बराबरका सामान निर्यात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.६९ प्रतिशतले कम हो । गत आवमा सोही अवधिमा रु ३ अर्ब ८६ करोड २८ लाख मूल्यका सामान निर्यात भएका थिए ।
पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट र मोलासिस रहेका छन् । त्यस्तै, आयातमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडालगायत छन् ।
चालु आवको दुई महिनामा आयात–निर्यात कारोबारबाट रु २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यो गत आवको सोही अवधिको तुलनामा रु २० करोड ८६ लाख ९ हजार (८.६२ प्रतिशत) बढी हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली