वीरगञ्ज नाकाबाट दुई महिनामा १ खर्ब ४६ अर्बभन्दा बढीको आयात, निर्यातमा पनि वृद्धि
जलसरोकार
काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो ।
गत आवको पहिलो दुई महिनामा १ खर्ब २२ अर्ब ३२ करोड मूल्य बराबरको सामान भित्रिएकोमा चालु आवमा २४ अर्ब ३२ करोड बढीको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आयातसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको जानकारी दिए । ‘‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात मात्र नभई निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको छ,’’ उनले भने, ।
कार्यालयका अनुसार गत आवको दुई महिनामा ६ अर्ब ५ करोड मूल्य बराबरको सामान निर्यात भएको थियो । तर चालु आवको सोही अवधिमा यो नाकाबाट १७ अर्ब ३ करोड बराबरको सामान निर्यात भएको छ। यसरी निर्यातमा १० अर्ब ९८ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ ।
आयात–निर्यात दुवैमा भएको सुधारले वीरगञ्ज नाकाको वाणिज्यिक गतिविधि थप सक्रिय बनेको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य