वीरगञ्ज नाकाबाट दुई महिनामा १ खर्ब ४६ अर्बभन्दा बढीको आयात, निर्यातमा पनि वृद्धि
जलसरोकार
काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो ।
गत आवको पहिलो दुई महिनामा १ खर्ब २२ अर्ब ३२ करोड मूल्य बराबरको सामान भित्रिएकोमा चालु आवमा २४ अर्ब ३२ करोड बढीको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आयातसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको जानकारी दिए । ‘‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात मात्र नभई निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको छ,’’ उनले भने, ।
कार्यालयका अनुसार गत आवको दुई महिनामा ६ अर्ब ५ करोड मूल्य बराबरको सामान निर्यात भएको थियो । तर चालु आवको सोही अवधिमा यो नाकाबाट १७ अर्ब ३ करोड बराबरको सामान निर्यात भएको छ। यसरी निर्यातमा १० अर्ब ९८ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ ।
आयात–निर्यात दुवैमा भएको सुधारले वीरगञ्ज नाकाको वाणिज्यिक गतिविधि थप सक्रिय बनेको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली