८ महिनामा १५ अर्ब ८१ करोड बराबरको साढे ६ हजार विद्युतीय सवारी साधन आयात
जलसरोकार
काठमाडौं– पछिल्लो ८ महिनाको अवधिमा नेपालमा साढे ६ हजारको हाराहारीमा विद्युतीय सवारी साधन भित्रिएको छ । साउनदेखि फागुनसम्मको अवधिमा ६ हजार ४३५ विद्युतीय सवारी साधन आयात भएको भन्सार विभाले जनाएको छ ।
विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको ६ हजार ४३५ वटा सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका छन् । विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनाको अवधिमा गत वर्षको तुलनामा २.९२ प्रतिशतले बढेको हो ।
८ महिनामा १५ अर्ब ८१ करोड ९७ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ । विभागका अनुसार गत २०७९/८० को ८ महिनामा ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरका २ हजार १९८ वटा विद्युतीय गाडी आयात भएका थिए । गत आर्थिक वर्षको २०७९/८० सोही अवधिमा विद्युतीय सवारी साधनबाट १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार राजस्व संकलन गरिएको थियो । उक्त अवधिमा २ हजार १९८ विद्युतीय गाडी आयात भएका थिए ।
८ महिनामा आयात भएका साढे ६ हजार विद्युतीय सवारीबाट सरकारको ढुकुटीमा ७ अर्ब रुपैयाँ राजस्व गएको छ । साउनदेखि फागुनसम्ममा ६ अर्ब ९९ करोड २६ लाख ३ हजार रुपैयाँ बराबरको राजस्व सरकारको ढुकुटीमा गएको छ । नेपालमा सबैभन्दा धेरै चीनबाट विद्युतीय सवारी साधान आयात हुने गरेको छ ।
याे पनि: विद्युतीय गाडीले अहिले नै वार्षिक २ अर्ब ८८ करोडको पेट्रोलियम प्रतिस्थापन
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न