आइएमई पे र खल्ती मर्ज भई ‘खल्ती बाइ आइएमई’ सेवा सञ्चालनमा, देशकै सबैभन्दा ठूलो डिजिटल वालेटको रूपमा सुरुआत


काठमाडौं : नेपाली डिजिटल भुक्तानी क्षेत्रमा ऐतिहासिक माइलस्टोन थप्दै आइएमई पे र खल्ती एकआपसमा मर्ज भई ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत सेवा सुरु भएको छ। साउन १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो सेवा नेपालको सबैभन्दा ठूलो डिजिटल वालेट बन्न सफल भएको छ।
मर्जरपछि बनेको ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने, १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ता एउटै एपमा जोडिएका छन्। कम्पनीका अनुसार, यो एकीकरणले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास गरिएको छ।
फरक पहिचान, साझा उद्देश्य
एक दशकभन्दा बढी समयदेखि अलग-अलग सेवा दिँदै आएका यी दुई वालेटहरू आफ्ना विशेषताका कारण लोकप्रिय थिए। आइएमई पे — ब्याज प्रदान गर्ने पहिलो वालेटको रूपमा रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा अग्रणी थियो। खल्ती — युवामाझ मुभी बुकिङ, इभेन्ट टिकटिङ र अन्य इनोभेटिभ सेवाहरूका कारण विशेष रूपमा लोकप्रिय थियो।
अब मर्जरपछि यी दुवै वालेटका विशेषताहरू समेटिएको एउटै एपमार्फत सेवा प्रवाह हुनेछ, जसले प्रयोगकर्तालाई झनै सहज, सरल, सुरक्षित र परिष्कृत अनुभव दिनेछ।
प्रयोगकर्ताका लागि स्थानान्तरण सुविधा
साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने विशेष सुविधा उपलब्ध गरिएको छ। यस प्रक्रियामार्फत पुराना वालेटका सम्पूर्ण विवरणहरू — रकम, ब्याज, रिवार्ड प्वाइन्ट आदिसहित — नयाँ एपमा स्थानान्तरण हुनेछ। खल्ती प्रयोगकर्ताहरूले चाहिँ एप अपडेट गरेर नयाँ अनुभव लिन सक्नेछन्।
नेतृत्वको दृष्टिकोण
आइएमई डिजिटल सोलुसन्स का अध्यक्ष कृष्ण प्रसाद शर्माले मर्जरपछि बनेको नयाँ कम्पनीले डिजिटल नेपाल अभियानलाई नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गर्नुभयो।
खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले भने यो मर्जरलाई नेपाली डिजिटल वित्तीय प्रणालीको दीर्घकालीन समृद्धिका लागि ऐतिहासिक कदम भएको बताए।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आगामी दिनमा डिजिटल पहुँच विस्तार, साक्षरता र समावेशीकरणका लागि थप योजनाहरू अगाडि बढाइने जानकारी दिनुभयो।
विगतका उपलब्धि :
मर्ज हुनुअघि नै दुबै वालेटले उल्लेखनीय उपलब्धिहरू हात पारेका थिए।
आइएमई पे ले
- Digital Services ICT Award 2024,
- HRM Award for Corporate Excellence in FinTech 2023,
- Excellence in Fintech Partnership Award (Visa Leadership Conclave Nepal 2023)
प्राप्त गरिसकेको थियो।
खल्ती ले
- WITSA Global Innovation & Tech Excellence Awards (2022, 2023),
- NCHL बाट लगातार २ वर्ष सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक, नेपाल राष्ट्र बैंकबाट उच्च सम्मान पाएको थियो।
औपचारिक घोषणा
आजै विशेष कार्यक्रमका बीच मर्जरको औपचारिक घोषणा गरिँदैछ। यो एकीकरणले नेपाली डिजिटल कारोबारको परिदृश्यमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
यी हुन् विद्युत् विकास विभागबाट सम्मानित हुने जलविद्युत् र सौर्य आयोजनाहरु
-
हालसम्म ४७ हजार मेगावाटका जलविद्युत् ‘पहिचान’
-
आइएमई पे र खल्ती मर्ज भई ‘खल्ती बाइ आइएमई’ सेवा सञ्चालनमा, देशकै सबैभन्दा ठूलो डिजिटल वालेटको रूपमा सुरुआत
-
नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार उत्साहजनक रूपमा वृद्धि, नेप्से २८७० मा
-
बागमती नदीको पुनर्जीविकरणः एक अनन्त अभियान
-
सिँचाइ विस्तारबाट ५२ हेक्टर जमिन लाभान्वित, नदी नियन्त्रणले ११० परिवारलाई राहत