जलविद्युत् व्यवसायी सुमनकुमारी जोशी रास्वपाको समानुपातिक उम्मेदवार
जलसरोकार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जलविद्युत् व्यवसायी सुमनकुमारी जोशीलाई प्रतिनिधि सभाको समानुपातिक तर्फ उम्मेदवार बनाएको छ। पार्टीले समानुपातिक सूची तय गर्न आन्तरिक निर्वाचन प्रक्रिया अघि बढाइरहँदा जोशी उम्मेदवारको रूपमा मैदानमा उत्रिएकी हुन्।
रास्वपाले समानुपातिक तर्फका उम्मेदवार चयनलाई सदस्य–केन्द्रित र पारदर्शी बनाउने नीति लिएको जनाएको छ। सोहीअनुसार पार्टीले आन्तरिक निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि सभा सदस्य छनोट गर्न लागेको हो, जसमा पार्टी सदस्यहरूको मत निर्णायक रहनेछ।
ऊर्जा र जलस्रोत क्षेत्रमा लामो समयदेखि संलग्न जोशी रास्वपाको ऊर्जा तथा जलस्रोत विभागकी सदस्यसमेत हुन्। उनले आन्तरिक निर्वाचन प्रक्रियामा पार्टी सदस्यहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै मतमार्फत योग्य उम्मेदवार छनोट गर्न अपिल गरेकी छन्।
पार्टीले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै नीति, क्षमता र प्रतिबद्धताका आधारमा उम्मेदवार अघि सार्ने लक्ष्य लिएको जनाएको छ। रास्वपाको यो अभ्यासलाई वैकल्पिक राजनीतिको अभ्यासका रूपमा हेरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्