जलविद्युत् व्यवसायी विक्रम बिष्टले शहीद सहयोग कोषलाई १ लाख ५५ हजार रुपैयाँ दिने


काठमाडौं : जलविद्युत् प्रवर्द्धक विक्रम बिष्टले शहीद सहयोग कोषमा आफ्नो व्यक्तिगततर्फबाट १ लाख ५५ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।
विभिन्न जलविद्युत् आयोजना निर्माण गर्दै आएका व्यवसायी विष्टले जेन जी आन्दोलनका शहीदहरुलाई निजी क्षेत्रबाट सहयोगको सुरुआत होस् भनेर आफूले प्रतीकात्मक रुपमा सहायता गर्ने घोषणा गरेको बताए । जेन जी आन्दोलनका शहीदका लागि जलविद्युत् व्यवसायीहरुमध्येबाट सहयोगको घोषणा गर्ने विष्ट पहिलो व्यक्ति हुन् ।
जेन जी आन्दोलनमा शहीद भएकाहरुलाई सहायता गर्न ऊर्जा मन्त्री कुलमान घिसिङले आफ्नो सम्पूर्ण तलब उक्त कोषलाई दिने घोषणा गरेपछि सहयोग गर्ने सहृदयीहरुको संख्या बढ्न थालेको छ ।
ऊर्जा मन्त्री घिसिङले आफ्नो पदभार सम्हालेकै दिन आफूले कुनै सरकारी सुविधा नलिने र तलब तथा भत्ता सबै कोषमा दिने उद्घोष गरेका थिए । साेही दिन विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले पनि आगामी निर्वाचन नहुञ्जेल आफ्नो आधा तलब दिने घोषणा गरेका थिए ।
‘देशलाई संकट परेको बेला सबै उद्योगी, व्यसायी र व्यक्तिहरुले आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने पवित्र भावना सबैमा आओस् भन्ने मेरो चाहना हो,’ बिष्टले घोषणा गर्दै बिहीबार जलसरोकारसित भने ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का कार्यसमिति सचिव एवं इसुवा इनर्जीका अध्यक्षसमेत रहेका बिष्टले आफ्नो व्यक्तिगततर्फबाट सरकारलाई एक लाख ५५ हजार छ सय र आफ्नाे कम्पनीका तर्फबाट १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ दिने घोषणा गरेका हुन् ।
यसअघि विष्टले आफू अध्ययन गरेको भोजपुर दाँवाको सिद्धेश्वर माविलाई बजार क्षेत्रमा पर्ने पाँच रोपनी जग्गा (१२ लाख रुपैयाँ मूल्य भएका) र एक लाख ५ हजार नगद सहयोग गरिसकेका छन् ।
सामाजिक सञ्जाल खुला हुनुपर्ने, भ्रष्टाचार निर्मूल हुनुपर्ने, सुशासन र पारदर्शिता हुनुपर्ने माग राख्दै जेन जीले गत भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनका क्रममा हालसम्म ७३ जना शहीद भइसकेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अरुणभ्याली हाइड्रोपावरको ८.४२१ प्रतिशत लाभांश घोषणा
-
तीन दिनमै मुस्ताङ भन्सारबाट नौ करोड बढी राजस्व सङ्कलन
-
बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७.९ प्रतिशत मात्र भाग्यमानी
-
जलविद्युत् व्यवसायी विक्रम बिष्टले शहीद सहयोग कोषलाई १ लाख ५५ हजार रुपैयाँ दिने
-
पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध
-
आज देशभर सामान्य बदली, कतिपय स्थानमा भारी वर्षाको सम्भावना