सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु, उपलब्धि उजागर गर्ने तयारी
जलसरोकार
काठमाडौं: नेपालले यस वर्षको सोभरेन क्रेडिट रेटिङ प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयमा आज बसेको उच्चस्तरीय बैठकले रेटिङका लागि आवश्यक तयारी व्यवस्थित गर्ने र गत वर्षयता नेपालले हासिल गरेका प्रमुख उपलब्धिहरु प्रभावकारी ढंगले प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी गृहकार्य गर्न निर्देशन दिए । उनीले विशेषगरी अर्थतन्त्र, नीति तथा कानुनी सुधार, सुशासन, राजनीतिक स्थायित्व, सडक, पर्यटन र जलविद्युत् क्षेत्रका उपलब्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी थिए। अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले हालसम्म भएका तयारीबारे प्रस्तुति दिए ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपाललाई सोभरेन क्रेडिट रेटिङ दिने गर्दै आएको छ। यो वर्ष पनि फिचको टोली नेपाल आउने कार्यक्रम रहेको छ । गत वर्ष फिचले गरेको मूल्याङ्कनमा नेपालले बीबी माइनस (द्यद्य–) रेटिङ प्राप्त गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य