हिमालयन इनर्जी लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १० लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय
जलसरोकार
भक्तपुर: हिमालयन इनर्जी लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाको कार्यक्रम होटेल भादगाउँ, भक्तपुरमा गरिएको थियो ।
सभाले आगामी दिनमा १० लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । साथै, आगामी वर्षको अडिट कार्य ए. प्गधबच बलम ब्ककयअष्बतभकलाई दिने निर्णय पनि भएको छ।
यसैगरी, कम्पनीको चार वर्षे नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन भएको छ । उक्त पदाधिकारीहरूमा लीलामणि पाठकलाई अध्यक्ष बनाइएको छ । प्रबन्ध सञ्चालकः शंकरबहादुर घिमिरे, सञ्चालकः देवदास श्रेष्ठ, सञ्चालकः पुण्यप्रसाद रिमाल र सञ्चालकः टङ्क सुवेदी समेत रहेका छन् ।
सभामा अध्यक्ष पाठकले कम्पनीद्वारा प्रवद्र्धित कालिञ्चोक साना जलविद्युत आयोजना (३ मेगावाट) अन्तर्गतका पूर्वाधारका कामहरू सम्पन्न भइसकेको र आगामी आर्थिक वर्षमा आयोजनाले उत्पादन हुने बिजुली राष्ट्रिय ग्रिडमा जोडिने जानकारी दिए ,। यसले कम्पनीलाई लगानीकर्ताका लागि आकर्षक अवसर बनाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रम सञ्चालन गर्दै कम्पनी सचिव लक्ष्मी भट्टराईले आयोजनाको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै यस सफलताले भविष्यमा अन्य आयोजना प्रवद्र्धन गर्न कम्पनी टिमलाई हौसला दिने बताइन्।
सभामा उपस्थित सबै शेयरधनीलाई निरन्तर समर्थन र विश्वास प्रदान गरेकोमा कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
-
एकतर्फी सञ्चालनमा आयाे बीपी राजमार्ग
-
सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति
-
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
-
यस्तो छ आजको मौसम पूर्वानुमान