भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
जलसरोकार
त्रिशूली : भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूको अवस्था, जारी उद्धार कार्य तथा आगामी पुनःस्थापनाका रणनीतिबारे त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा उच्चस्तरीय छलफल भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, नेपाली सेनाका अधिकारी तथा उद्धारकर्मी र ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका अधिकारी तथा कर्मचारी छलफलमा सहभागी छन् ।
छलफलका क्रममा जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्यमा खटिएका नेपाली सेनाका उच्च अधिकारीहरूले हालसम्म भएको उद्धारको प्रगति, घटनास्थलको अवस्था तथा खोज तथा उद्धारका क्रममा देखिएका प्राविधिक र भौगोलिक चुनौतीबारे जानकारी गराइरहेका छन् ।
मन्त्री श्रेष्ठले उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउने उपाय, बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको वर्तमान अवस्था तथा पुनःस्थापनाका लागि आवश्यक पहलका विषयमा सम्बन्धित अधिकारीसँग जानकारी लिइरहेका छन्नु ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै जलविद्युत् आयोजनाका उत्पादन, प्रसारण तथा निर्माण संरचनामा समेत व्यापक क्षति पुगेको छ । आयोजनामा कार्यरत केही कर्मचारी तथा मजदुर अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ ।
स्थलगत अवस्था तथा उद्धार कार्यबारे जानकारी लिएपछि मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य