विपद्बाट विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता, विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा
जलसरोकार
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै चालू गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण मुख्य रुपमा ग्रीड, सवस्टेसन, विद्युत उत्पादन गृह र वितरण सवस्टेसन एवं लाइनमा पुग्न सक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्व तयारी गरिएको बताए ।
विद्युत गृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३/३ जना कर्मचारी खटिन गरेकोमा विपद्लाई ध्यान दिएर ६/६ जना जना रहने व्यवस्था गरिएको, सवस्टेसन डुबानमा परेमा पानी फाल्न पम्पहरु तयारी अवस्थामा राखिएको, पहिरोको खतरा भएका ठाउँमा रहेका प्रसारण लाइनका टावर परपरको क्षेत्रमा त्रिपालले ढाकिएको, विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा हेल्पडेक्स एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने र जानकारी पाउन साथ लाइन मर्मतका लागि टोली परिचालन हुने व्यवस्था गरिएको कार्यकारी निर्देशक सिलवालले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह