भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ब्रेक थ्रु, ८० प्रतिशत काम सम्पन्न
जलसरोकार
काठमाडौं: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ सफलतापूर्वक ‘ब्रेक थ्रु’ भएको छ । सोमबार आयोजना स्थलमै आयोजित विशेष कार्यक्रममा सुरुङ ब्रेक थ्रु घोषणा गरिएको हो ।
करिब १० अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको ४४ मेगावाट क्षमताको आयोजना अन्तर्गत २ हजार छ सय ३८ मिटर लामो सुरुङ पूरा भइसकेको छ । प्रवद्र्धक कम्पनी इलेक्ट्रो पावरका अध्यक्ष मोहनविक्रम कार्कीका अनुसार आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र बाँकी काम एक वर्षभित्रै सक्ने लक्ष्य राखिएको छ।
आयोजनाअन्तर्गत ड्याम र पावर हाउस भोटेकोशी गाउँपालिका–३ र ४ मा निर्माण भइरहेका छन् । समयमै काम अघि बढाएको कारण कार्कीलाई यसअघि विद्युत् विकास विभागले सम्मान समेत गरेको थियो ।
भोटेकोशी–१ बाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यसले ऊर्जा आपूर्ति सुदृढ गर्नुका साथै स्थानीय रोजगारी र पूर्वाधार विकासमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्