नेपाल भौगर्भिक समाजमा पद हस्तान्तरण सम्पन्न
जलसरोकार
काठमाडौं : नेपाल भौगर्भिक समाजका सदस्यहरूको विश्वास र समर्थनमा नेतृत्व गरिएको २१औँ कार्यकारी समितिको दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ।
भाद्र १३ गते आयोजित दुई वार्षिकी सभा तथा पद हस्तान्तरण समारोहमार्फत २१औँ र २२औँ कार्यकारी समितिका पदाधिकारीहरूले पूर्ण रूपमा जिम्मेवारी हस्तान्तरण गरेका छन्।
समाजका अध्यक्ष चूर्णबहादुर ओलीले सो अवसरमा सबै सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू र पदाधिकारीहरूलाई साथ, सहयोग र मार्गदर्शनका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन्। नयाँ २२औँ कार्यकारी समितिका सबै पदाधिकारीहरूलाई शुभकामना दिँदै उनले पूर्ण सफलताको कामना गरेका छन् ।
अध्यक्ष ओलीले आगामी कार्यकालमा पनि २१औँ समितिका सबै पदाधिकारीहरूले नयाँ समितिलाई निरन्तर साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा