नेपाल भौगर्भिक समाजमा पद हस्तान्तरण सम्पन्न
जलसरोकार
काठमाडौं : नेपाल भौगर्भिक समाजका सदस्यहरूको विश्वास र समर्थनमा नेतृत्व गरिएको २१औँ कार्यकारी समितिको दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ।
भाद्र १३ गते आयोजित दुई वार्षिकी सभा तथा पद हस्तान्तरण समारोहमार्फत २१औँ र २२औँ कार्यकारी समितिका पदाधिकारीहरूले पूर्ण रूपमा जिम्मेवारी हस्तान्तरण गरेका छन्।
समाजका अध्यक्ष चूर्णबहादुर ओलीले सो अवसरमा सबै सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू र पदाधिकारीहरूलाई साथ, सहयोग र मार्गदर्शनका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन्। नयाँ २२औँ कार्यकारी समितिका सबै पदाधिकारीहरूलाई शुभकामना दिँदै उनले पूर्ण सफलताको कामना गरेका छन् ।
अध्यक्ष ओलीले आगामी कार्यकालमा पनि २१औँ समितिका सबै पदाधिकारीहरूले नयाँ समितिलाई निरन्तर साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्