लगातार आठौं दिन सेयर बजारमा हरियाली, नेप्से २९८२ अंकमा
जलसरोकार
काठमाडौं: लगातार आठौं दिन सेयर बजारमा हरियाली देखिएको छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.५३ विन्दुमा पुगेको छ ।
बजार कारोबारको क्रममा उतारचढाव देखिए पनि अन्ततः हरियोमा बन्द भएको हो। बिहान ११ः३८ बजे परिसूचक २९९० विन्दुमा पुगेको थियो भने दिउँसो १ः२३ बजे २९६४ विन्दुसम्म झरेको थियो ।
आज कुल १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटेको हो। १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको घट्यो ।
हाइड्रोपावर समूह सबैभन्दा बढी २ प्रतिशतले बढ्यो। विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ र व्यापार समूह ०.२८ प्रतिशतले उकालो लागे ।
बैंकिङ ०.६१, फाइनान्स ०.७६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.०९ प्रतिशतले घटे ।
हाइड्रोपावर समूहको ८ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो, जुन कुल कारोबारको ४५ प्रतिशत हो । बैंकिङ समूहको १ अर्ब ३२ करोड, विकास बैंकको १ अर्ब ८५ करोड, माइक्रोफाइनान्सको १ अर्ब ७९ करोड र अन्य समूहको १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
चार कम्पनी — ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर — को मूल्य १० प्रतिशतले बढ्यो। हिमालयन हाइड्रोपावरको मूल्य ८.४१ र मायाखोलाको ७.४ प्रतिशतले वृद्धि भयो। उन्नति सहकार्य लघुवित्त ३.५८ र समृद्धि फाइनान्स ३ प्रतिशतले घटे ।
धेरै कारोबार भएका कम्पनीहरूमा राधी विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स परेका छन्। बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार