ग्रीन हाइड्रोजनले स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्छ : मन्त्री बस्नेत
जलसरोकार
काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ग्रीन हाइड्रोजन स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहनसक्ने देखिएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले ग्रीन हाइड्रोजन भविष्यको इन्धन भएको हुँदा यसले स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्ने बताएका हुन् ।
मन्त्री बस्नेतले विद्युत खरिद बिक्री सम्झौता भएका र विद्युत उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठूलो मात्रामा उत्पादन हुने सम्भावना रहेको बताए । उनले जलविद्युतको खपतलाई बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तीव्रता दिन ग्रीन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको बताए । उनले यसको कार्यान्वयका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदमहरु प्राथमिकताकासाथ अघि बढाइएको पनि जानकारी दिए । मन्त्री बस्नेतले हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरुको लागि प्रतिष्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको र मूल्यांकनको प्रक्रियामा रहेको जानकारी गराए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै