हरित ऊर्जा ऋणपत्र निष्कासन जेठ १८ गतेदेखि
जलसरोकार
काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजार रुपैयाँका दरले जारी हुने ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ७ वर्षे अवधि रहेको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् ।
छिटोमा जेठ २१ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिनेछ । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार १ गतेसम्म आवेदन खुल्न सक्नेछ । हरित ऊर्जा ऋणपत्रको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंकका शाखाबाट आवेदन दिन सकिनेछ ।
‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशतर २०८८÷८९’ नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।
इक्रा नेपालले कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी दायित्व वहन गर्न मध्यमस्तरमा सक्षम रहेको जनाउँछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग
-
महाकाली पुल र बस्ती बचाउन तटबन्धकाे काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
-
एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने