हरित ऊर्जा ऋणपत्र निष्कासन जेठ १८ गतेदेखि
जलसरोकार
काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजार रुपैयाँका दरले जारी हुने ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ७ वर्षे अवधि रहेको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् ।
छिटोमा जेठ २१ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिनेछ । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार १ गतेसम्म आवेदन खुल्न सक्नेछ । हरित ऊर्जा ऋणपत्रको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंकका शाखाबाट आवेदन दिन सकिनेछ ।
‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशतर २०८८÷८९’ नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।
इक्रा नेपालले कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी दायित्व वहन गर्न मध्यमस्तरमा सक्षम रहेको जनाउँछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य