एनएमबि बैंकलाई ‘ग्रीन बैंक अफ द इयर २०२४’ पुरस्कार
जलसरोकार
काठमाडौं– एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। बैंकलाई विश्व वातावरण दिवसको अवसरमा आयोजित फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा पुरस्कार प्रदान गरिएको हो।
यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा भएको बैंकले जनाएको छ।
एनएमबि बैंकले विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ। दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट पनि बैंक सम्मानित भइसकेको छ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ। एनएमबि बैंकका हाल देशभर २०१ शाखाहरु छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
-
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १२ पुल निर्माण सकियो
-
नेप्से २८ सय नाघ्यो, कारोबार रकम ८ अर्बभन्दा बढी
-
तत्काल गर्नुपर्ने कामको ‘चेकलिस्ट’ तयार गर्न मन्त्री श्रेष्ठले दिए निर्देशन
-
सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने : सिँचाइमन्त्री श्रेष्ठ
-
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने