एनएमबि बैंकलाई ‘ग्रीन बैंक अफ द इयर २०२४’ पुरस्कार
जलसरोकार
काठमाडौं– एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। बैंकलाई विश्व वातावरण दिवसको अवसरमा आयोजित फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा पुरस्कार प्रदान गरिएको हो।
यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा भएको बैंकले जनाएको छ।
एनएमबि बैंकले विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ। दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट पनि बैंक सम्मानित भइसकेको छ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ। एनएमबि बैंकका हाल देशभर २०१ शाखाहरु छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय बृहत आर्थिक बहस आयोजना गर्दै
-
ऊर्जा मन्त्रालयको स्पष्टोक्ति : भारतसँगको प्रसारण लाइनमा नेपालले एक्लै भाडा तिर्नु नपर्ने
-
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
-
समान्य बढ्यो सुनको भाउ , आज कतिमा हुँदैछ खरिद–बिक्री रु
-
ग्लोबल आइएमई बैंकको खुद नाफा २२.९२ प्रतिशतले वृद्धि
-
एनएमबी बैंकको खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ