सरकारले पूर्व पदाधिकारीका अतिरिक्त सुविधा कटौती गर्ने
जलसरोकार
काठमाडौँ: अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न सरकारले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई कानूनबमोजिमका सुविधा मात्र उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को मिति २०८२ असोज ५ गतेको निर्णयअनुसार प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा मात्र प्रदान गरिनेछ । कानूनबाहेक अतिरिक्त उपलब्ध गराइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
यस सम्बन्धमा अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गते गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरी आवश्यक कदम चाल्न अनुरोध गरेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने