भारी वर्षाबाट अवरुद्ध सडकहरू द्रुत गतिमा मर्मत गर्दै सरकार, प्रमुख राजमार्ग सञ्चालनतर्फ
जलसरोकार
काठमाडौं : असोज १७ देखि १९ गतेसम्म देशभर परेको लगातार भारी वर्षा, भूस्खलन र बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत मर्मत कार्य सुरु गरेको जनाएको छ । मन्त्रालयले प्रमुख राजमार्गहरूमा जनशक्ति, उपकरण र स्रोत परिचालन गरी सडक तथा यातायात सञ्चालनमा ल्याउने कार्य तीव्र रुपमा अघि बढाएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न स्थानमा पहिरो, कटान र पुल बग्ने घटनाबाट सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको जनाइएको छ । यस्ता घटनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्रालयले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, प्रभावित नागरिकहरूलाई कठिन परिस्थितिमा संयम र धैर्य अपनाउन पनि आग्रह गरिएको छ ।
मन्त्रालयका अनुसार पृथ्वी राजमार्गको काठमाडौं-पोखरा खण्ड र नारायणघाट–मुग्लिन राजमार्गमा अवरोध हटाइँदै सवारी सञ्चालन सम्भव बनाइएको छ । साथै, बि.पी. राजमार्गको भकुन्डेबेसी-नेपालथोक खण्ड र मेची राजमार्गमा डाइभर्सन निर्माण तथा पहिरो पन्छाउने काम सुरु भइसकेको छ ।
सडक विभाग र मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायहरूसँग घनिष्ठ समन्वयमा मर्मत कार्यलाई तीव्रता दिएका छन् । मन्त्रालयले प्रभावित क्षेत्रका नागरिकलाई सचेत रहन र सडक विभागको वेबसाइट वा उपलब्ध सम्पर्क नम्बरमार्फत अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री श्रेष्ठले सार्वजनिक गरे ऊर्जा क्षेत्रको संरचनात्मक सुधारका लागि ३२ बुँदे सुधार योजना
-
मनसुनपूर्व तयारी : बाढी–जोखिम न्यूनीकरणका लागि २४ सै घण्टा पूर्वसूचना प्रणाली सक्रिय
-
सेयर बजारमा गिरावट, नेप्से ३३ अंकले घट्यो
-
नारायणी सिँचाइ : जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
-
ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय
-
सुनचाँदीको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?