पहिलो महिनामै थपियो सरकारी ऋण १४ अर्ब बढी
जलसरोकार
काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मात्र १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार साउन मसान्तसम्म कुल सरकारी ऋण २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ, जुन मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत हो।
कूल ऋणमध्ये ५२.२६ प्रतिशत (१४ खर्ब २ अर्ब ४७ करोड) वैदेशिक र ४७.७४ प्रतिशत आन्तरिक ऋण रहेको छ। सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो महिनामै ४४ अर्ब ५७ करोड (७.४८ प्रतिशत) ऋण उठाइसकेको छ ।
आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्बको लक्ष्यमध्ये ४० अर्ब (११.०५ प्रतिशत) उठाइएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्यमा ४ अर्ब ५७ करोड (१.९६ प्रतिशत) मात्र उठिएको छ ।
यस्तै, चालु आवमा ऋणको साँवा र ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकामा साउन मसान्तसम्म ३६ अर्ब ६८ करोड (८.९३ प्रतिशत) भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी