पहिलो महिनामै थपियो सरकारी ऋण १४ अर्ब बढी
जलसरोकार
काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मात्र १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार साउन मसान्तसम्म कुल सरकारी ऋण २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ, जुन मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत हो।
कूल ऋणमध्ये ५२.२६ प्रतिशत (१४ खर्ब २ अर्ब ४७ करोड) वैदेशिक र ४७.७४ प्रतिशत आन्तरिक ऋण रहेको छ। सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो महिनामै ४४ अर्ब ५७ करोड (७.४८ प्रतिशत) ऋण उठाइसकेको छ ।
आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्बको लक्ष्यमध्ये ४० अर्ब (११.०५ प्रतिशत) उठाइएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्यमा ४ अर्ब ५७ करोड (१.९६ प्रतिशत) मात्र उठिएको छ ।
यस्तै, चालु आवमा ऋणको साँवा र ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकामा साउन मसान्तसम्म ३६ अर्ब ६८ करोड (८.९३ प्रतिशत) भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य