अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार, चाँदीको भाउ पाँच रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौँ : सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि प्रतितोला रु २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सामान्य उतारचढाव भए पनि देशीय बजारमा स्थिरता देखिएको महासंघले जनाएको छ । पछिल्ला चार दिनमा सुनको भाउ प्रतितोला रु ३ हजार ४ सयले वृद्धि भएको छ । गत बिहीबार सुनको मूल्य रु २ लाख ३६ हजार ३ सय थियो ।
यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च रु २ लाख ५८ हजार पुगेको रेकर्ड छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज रु ५ ले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला रु ३ हजार ५५ मा कारोबार भएको चाँदी आज रु ३ हजार ६० मा पुगेको छ । असोज ३१ गते चाँदीको मूल्य रु ३ हजार ३५० सम्म पुगेको रेकर्ड रहेको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य