अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार, चाँदीको भाउ पाँच रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौँ : सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि प्रतितोला रु २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सामान्य उतारचढाव भए पनि देशीय बजारमा स्थिरता देखिएको महासंघले जनाएको छ । पछिल्ला चार दिनमा सुनको भाउ प्रतितोला रु ३ हजार ४ सयले वृद्धि भएको छ । गत बिहीबार सुनको मूल्य रु २ लाख ३६ हजार ३ सय थियो ।
यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च रु २ लाख ५८ हजार पुगेको रेकर्ड छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज रु ५ ले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला रु ३ हजार ५५ मा कारोबार भएको चाँदी आज रु ३ हजार ६० मा पुगेको छ । असोज ३१ गते चाँदीको मूल्य रु ३ हजार ३५० सम्म पुगेको रेकर्ड रहेको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा