चार दिनमै सुन ४ हजारले बढ्यो, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौं: आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसले १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार गरेको थियो ।
चार दिनमै सुनको मूल्य ४ हजारले बढेको छ । भदौ ४ गते प्रतितोला १ लाख ९३ हजार ५ सयमा रहेको सुन अहिले १ लाख ९७ हजार ५ सयमा पुगेको हो ।
यसैगरी, चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर २३५० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन २३१० रुपैयाँमा कारोबार भएको चाँदी चार दिनमै ९५ रुपैयाँले बढेको छ । भदौ ४ गते यसको भाउ २२५५ रुपैयाँ थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य