बिहीबार सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं: बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्य कायम गरिएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य २ हजार ९८० रुपैयाँ तोकिएको छ, जबकि अघिल्लो दिन यो मूल्य २ हजार ९६५ रुपैयाँ थियो ।
बुधबार अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको थियो। अर्थविशेषज्ञहरूका अनुसार ब्याजदरमा आएको कटौतीले सुनचाँदीको मूल्य बढ्ने दबाब सिर्जना गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य