सुनको मूल्य फेरि वृद्धि, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ: बिहीबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँ बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यद्यपि, साप्ताहिक हिसाबले भने सुनको मूल्य घटेको छ। एक सातामा सुन तोलामा ७ हजार २ सय रुपैयाँ कम भएको छ। कात्तिक २७ गते सुनको मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो भने असोज ३१ गते हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा रहेको चाँदी बिहीबार ३५ रुपैयाँ बढेर ३१८५ रुपैयाँमा पुगेको छ। असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँ पुगेको रेकर्ड छ।
बजारमा अन्तर्राष्ट्रिय मूल्य र माग–आपूर्तिको प्रभावले सुन–चाँदीको मूल्यमा उतार–चढाव आउने गरेको व्यवसायीहरूको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य