सुनको मूल्य फेरि वृद्धि, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ: बिहीबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँ बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यद्यपि, साप्ताहिक हिसाबले भने सुनको मूल्य घटेको छ। एक सातामा सुन तोलामा ७ हजार २ सय रुपैयाँ कम भएको छ। कात्तिक २७ गते सुनको मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो भने असोज ३१ गते हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा रहेको चाँदी बिहीबार ३५ रुपैयाँ बढेर ३१८५ रुपैयाँमा पुगेको छ। असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँ पुगेको रेकर्ड छ।
बजारमा अन्तर्राष्ट्रिय मूल्य र माग–आपूर्तिको प्रभावले सुन–चाँदीको मूल्यमा उतार–चढाव आउने गरेको व्यवसायीहरूको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा