सुनको भाउ फेरि रेकर्ड नजिक
जलसरोकार
काठमाडौं: बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको मूल्य १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको थियो । तीन साता नपुग्दै सुनको भाउ पुनः सो रेकर्ड नजिक पुगेको हो ।
यता, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन २३६० रुपैयाँ प्रतितोला रहेको चाँदी आज १५ रुपैयाँ घट्दै २३४५ रुपैयाँमा झरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य