सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख १० हजार ४ सयमा कारोबार
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुग्दै प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी लगातार बढिरहेको सुनको मूल्यले एक साताभित्रै करिब १० हजार रुपैयाँको वृद्धि गरेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो, जसपछि दैनिकजसो वृद्धि हुँदै आज अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुनु, विश्व बजारमा सुनप्रतिको आकर्षण बढ्नु र लगानीकर्ताहरूले सुरक्षित लगानीको विकल्पका रूपमा सुन रोज्नुजस्ता कारणले मूल्यमा वृद्धि भइरहेको हो । साथै, भारत, चीनजस्ता ठूला बजारमा माग बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परिरहेको व्यवसायीहरू बताउँछन् ।
सुनको मूल्य निरन्तर बढिरहेसँगै आभूषण व्यवसाय भने सुस्त भएको सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूले बताएका छन् । उपभोक्ता स्तरमा माग घटेका कारण ससाना सुनचाँदी पसलमा कारोबार दबाबमा परेको छ । तर लगानीका हिसाबले भने धेरैले सुनलाई सुरक्षित माध्यमका रूपमा हेरेका छन् ।
यसैबीच, चाँदीको मूल्य पनि आज उच्च बनेको छ । अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर २४९० रुपैयाँमा पुगेको छ । यो मूल्य पनि हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
सुन–चाँदी दुवैको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेसँगै बजारमा त्यसको दीर्घकालीन प्रभावबारे चर्चा बढेको छ । कतिपयले यसलाई अस्थायी मूल्य–उछाल भनेका छन् भने कतिपयले यो दर अझै केही समय निरन्तर रहन सक्ने आकलन गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य