सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, मंगलबार २३ सय रुपैयाँले वृद्धि
जलसरोकार
काठमाडौं: मंगलबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो । लगातारको वृद्धि क्रमसँगै सुनको मूल्यले नयाँ रेकर्ड तोडेको महासङ्घले जनाएको छ ।
यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि अघिल्लो दिनकै दरमा प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदी खरिद–बिक्री भइरहेको छ। यो मूल्य पनि हालसम्मकै उच्च स्तरमा रहेको बताइन्छ।
विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएको र डलरको दरमा आएको अस्थिरताका कारण स्थानीय बजारमा पनि सुनको मूल्य निरन्तर बढेको बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य