सुनको मूल्य फेरि वृद्धि, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं: बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ४४ हजार ६०० निर्धारण गरिएको छ, जुन गत शुक्रबारको रु २ लाख ४१ हजार ७०० भन्दा रु २ हजार ९०० ले बढी हो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ३ हजार १३५ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला रु ३ हजार १०० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन एक औँस ४ हजार ०६३ अमेरिकी डलर र चाँदी एक औँस ५१ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य