सुनको मूल्य फेरि वृद्धि, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं: बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ४४ हजार ६०० निर्धारण गरिएको छ, जुन गत शुक्रबारको रु २ लाख ४१ हजार ७०० भन्दा रु २ हजार ९०० ले बढी हो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ३ हजार १३५ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला रु ३ हजार १०० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन एक औँस ४ हजार ०६३ अमेरिकी डलर र चाँदी एक औँस ५१ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा