रेकर्ड मूल्यपछि सुनमा १ हजार रुपैयाँ र चाँदीमा ४५ रुपैयाँ घट्यो
जलसरोकार
काठमाडौं : अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर २ हजार ५५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतार–चढावसँगै भौगोलिक तथा आर्थिक अनिश्चितताले नेपाली बजारमा समेत सुन–चाँदीको दरमा प्रत्यक्ष असर पर्ने देखिएको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य