बिहिबार बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
जलसरोकार
काठमाडौं: नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ । बुधबार एकैदिन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य