छ दिनमै सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । पछिल्ला ६ दिनमा मात्र सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ थियो भने आज बिहीबार (साउन २२) त्यो बढेर १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यद्यपि पछिल्ला दुई दिनयता सुनको मूल्य स्थिर रहेको छ । बुधबार जस्तै आज बिहीबार पनि सुन यही दरमा कारोबार भएको हो । यसै साता मंगलबार भने सुनको मूल्यले अहिलेसम्मकै कीर्तिमानी उच्च बिन्दु छोएको थियो— प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ ।
उता, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३०५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भएको हो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएको, डलरको भाउ, ब्याजदरको उतारचढाव र भूराजनीतिक अस्थिरता जस्ता कारणले सुनचाँदीको मूल्य निरन्तर प्रभावित भइरहेको छ।
सुनचाँदीमा लगानी गर्नेहरूको चासो तीव्र भइरहेका बेला लगातारको मूल्यवृद्धिले उपभोक्तामा भने अन्योलता बढाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य