सुनको मूल्यमा रु ३ हजार र चाँदीमा रु ४० को वृद्धि
जलसरोकार
काठमाडौ: नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ३ हजार र चाँदी तोलामा रु ४० ले महँगो भएको हो ।
शुक्रबार तोलाको रु २ लाख ३५ हजारमा कारोबार भएको छापावाल सुन आज रु ३ हजारले बढेर रु २ लाख ३८ हजारमा पुगेको महासङ्घले जनाएको छ । त्यस्तै, शुक्रबार तोलाको रु ३ हजार ८५ मा कारोबार भएको चाँदी आज बढेर रु ३ हजार १२५ मा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुनको मूल्य चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
व्यवसायीहरूका अनुसार पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र अमेरिकी डलर कमजोर हुनुजस्ता कारणले मूल्य वृद्धि भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य