सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं: मंगलबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९७ हजार २ सय रुपैयाँ मात्र थियो।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च स्तर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ।
त्यस्तै, चाँदीको भाउ निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ हजार ३५५ रुपैयाँ थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य