सुनको मूल्य इतिहासमै उच्च : प्रतितोला २ लाख १७ हजार ८००
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला रू २ लाख १७ हजार ८०० मा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला रू २ लाख १७ हजार १०० मा कारोबार भएको सुन आज रू ७ सयले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला रू २ हजार ६५० मा खरिद–बिक्री हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस करिब ३ हजार ६९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायी महासङ्घले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य