हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला रु २ लाख ५ हजार ९०० पुग्यो
जलसरोकार
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको असर नेपाली बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु २ लाख ५ हजार ९०० कायम भएको छ, जुन हालसम्मकै उच्च हो ।
सोमबार प्रतितोला रु २ लाख ५ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु ६०० ले वृद्धि भएको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ बढेर रु २ हजार ४८५ पुगेको छ ।
महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा मूल्य वृद्धि उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा देखिएको अस्थिरताका कारण हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस ३,४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य