सुनको मूल्य ४ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्यले रेकर्ड तोड्यो
जलसरोकार
काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको छ ।
यसअघि बिहीबार उक्त सुनको मूल्य तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम थियो । लगातार केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज उल्लेख्य रूपमा घटेको हो ।
सुनमा गिरावट आइरहेका बेला चाँदीको मूल्य भने उकालो लागेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनको मूल्य घटेपनि चाँदीको आजको दर हालसम्मकै उच्च दर भएको महासंघको भनाइ छ । बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दै गए पनि चाँदीको माग बढेपछि मूल्य वृद्धि भएको देखिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा