सुनको मूल्य ४ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्यले रेकर्ड तोड्यो
जलसरोकार
काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको छ ।
यसअघि बिहीबार उक्त सुनको मूल्य तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम थियो । लगातार केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज उल्लेख्य रूपमा घटेको हो ।
सुनमा गिरावट आइरहेका बेला चाँदीको मूल्य भने उकालो लागेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनको मूल्य घटेपनि चाँदीको आजको दर हालसम्मकै उच्च दर भएको महासंघको भनाइ छ । बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दै गए पनि चाँदीको माग बढेपछि मूल्य वृद्धि भएको देखिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य