बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
जलसरोकार
काठमाडौं: बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको रेकर्ड छ ।
चाँदीको भाउमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घट्दै २२ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी