बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
जलसरोकार
काठमाडौं: बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको रेकर्ड छ ।
चाँदीको भाउमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घट्दै २२ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य