सुनको भाउ प्रतितोला २१ सयले घट्यो, चाँदीमा ५ रुपैयाँको वृद्धि
जलसरोकार
काठमाडौँ: बुधबार सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो, जसमा प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम भएको थियो ।
सुनको भाउ घटे पनि चाँदीमा भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ३ हजार १७० रुपैयाँ थियो ।
असोज ३१ गते चाँदीको भाउ पनि हालसम्मकै उच्च प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य