सुनको भाउ प्रतितोला २१ सयले घट्यो, चाँदीमा ५ रुपैयाँको वृद्धि
जलसरोकार
काठमाडौँ: बुधबार सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो, जसमा प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम भएको थियो ।
सुनको भाउ घटे पनि चाँदीमा भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ३ हजार १७० रुपैयाँ थियो ।
असोज ३१ गते चाँदीको भाउ पनि हालसम्मकै उच्च प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा