सुनको भाउ तोलामा १३ सय घट्यो, चाँदी पनि सस्तो
जलसरोकार
काठमाडौं: देशभर सुनको भाउ मंगलबार तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन यसको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँ थियो ।
साउन २३ गते प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको सुनको मूल्य पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको हो ।
यसैगरी, चाँदीको भाउ पनि ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुन–चाँदीको मूल्यमा आएको यो गिरावट अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसँग प्रत्यक्ष सम्बन्धित रहेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य घट्दा त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ