सुनको भाउ तोलामा १३ सय घट्यो, चाँदी पनि सस्तो
जलसरोकार
काठमाडौं: देशभर सुनको भाउ मंगलबार तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन यसको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँ थियो ।
साउन २३ गते प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको सुनको मूल्य पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको हो ।
यसैगरी, चाँदीको भाउ पनि ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुन–चाँदीको मूल्यमा आएको यो गिरावट अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसँग प्रत्यक्ष सम्बन्धित रहेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य घट्दा त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य