सुनको भाउ फेरि २ लाख ५० हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य फेरि साढे दुई लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला रु २ लाख ५० हजार २०० रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा रु ५ हजार ९०० ले बढेको हो । बुधबार सुनको भाउ रु २ लाख ४४ हजार ३०० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । बिहीबार सुनको भाउ प्रतिऔंस ४ हजार २०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ हजार ३८१ डलर प्रतिऔंससम्म पुगेको रेकर्ड छ । नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला रु २ लाख ५८ हजारमा पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आज चाँदीको मूल्य तोलामा रु ३ हजार ३४५ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा रु १७० ले बढी हो । यसअघि असोज ३१ गते चाँदीको मूल्य तोलामा रु ३,३५० पुगेको रेकर्ड छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा