सुनको भाउ फेरि २ लाख ५० हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य फेरि साढे दुई लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला रु २ लाख ५० हजार २०० रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा रु ५ हजार ९०० ले बढेको हो । बुधबार सुनको भाउ रु २ लाख ४४ हजार ३०० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । बिहीबार सुनको भाउ प्रतिऔंस ४ हजार २०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ हजार ३८१ डलर प्रतिऔंससम्म पुगेको रेकर्ड छ । नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला रु २ लाख ५८ हजारमा पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आज चाँदीको मूल्य तोलामा रु ३ हजार ३४५ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा रु १७० ले बढी हो । यसअघि असोज ३१ गते चाँदीको मूल्य तोलामा रु ३,३५० पुगेको रेकर्ड छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य