सुनको मूल्य निरन्तर अकासिँदो
जलसरोकार
काठमाडौँ: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु १ हजार २०० ले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बुधबार एक तोला सुन रु २ लाख ३८ हजारमा कारोबार भएको थियो भने आज यसको मूल्य बढेर रु २ लाख ३९ हजार २०० कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु २ हजार ९५५ मा खरिदबिक्री भएकोमा आज सोही परिमाणको चाँदी रु ३ हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ४ हजार ५५ अमेरिकी डलरसम्म पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । अन्तरराष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि सुन–चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा