सुनको मूल्य निरन्तर अकासिँदो
जलसरोकार
काठमाडौँ: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु १ हजार २०० ले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बुधबार एक तोला सुन रु २ लाख ३८ हजारमा कारोबार भएको थियो भने आज यसको मूल्य बढेर रु २ लाख ३९ हजार २०० कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु २ हजार ९५५ मा खरिदबिक्री भएकोमा आज सोही परिमाणको चाँदी रु ३ हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ४ हजार ५५ अमेरिकी डलरसम्म पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । अन्तरराष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि सुन–चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य