दुई दिनमै सुन २५ सयले घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं,: बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन मूल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको थियो । यसरी लगातार दुई दिनमा सुनको भाउ २५ सय रुपैयाँले घटेको हो ।
असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड उच्च मूल्य पुगेको सुन अहिले सो दरभन्दा २० हजार ८ सय रुपैयाँले सस्तो भएको छ ।
चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन प्रतितोला ३,०१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर २,९९० रुपैयाँमा झरेको छ ।
असोज ३१ गते ३,३५० रुपैयाँमा पुगेको चाँदी अहिले रेकर्ड मूल्यभन्दा ३६० रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य