दुई दिनमै सुन २५ सयले घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं,: बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन मूल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको थियो । यसरी लगातार दुई दिनमा सुनको भाउ २५ सय रुपैयाँले घटेको हो ।
असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड उच्च मूल्य पुगेको सुन अहिले सो दरभन्दा २० हजार ८ सय रुपैयाँले सस्तो भएको छ ।
चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन प्रतितोला ३,०१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर २,९९० रुपैयाँमा झरेको छ ।
असोज ३१ गते ३,३५० रुपैयाँमा पुगेको चाँदी अहिले रेकर्ड मूल्यभन्दा ३६० रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा