तिहारपछि सुन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घट्यो, हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं: तिहार सकिएलगत्तै नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मूल्य तिहारअघि अर्थात् कात्तिक ३ गतेको तुलनामा प्रतितोला ११ हजार ६ सय रुपैयाँ कम हो ।
तिहारअघि सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । सार्वजनिक बिदाका कारण तिहार अवधिमा मूल्य समायोजन गर्न नसकिएको र आइतबार मात्रै नयाँ मूल्य दर सार्वजनिक गरिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा गिरावट आएको छ । कात्तिक ४ गतेसम्म प्रतिऔंस ४ हजार ३ सय ५८ अमेरिकी डलर पुगेको सुन हाल घटेर ४ हजार एक सय ११ डलरमा झरेको छ, । जुन करिब ५ प्रतिशतको कमी हो । एक औंस बराबर करिब २.४३ तोला हुने भएकाले अन्तर्राष्ट्रिय मूल्य घटेसँगै यसको प्रत्यक्ष असर नेपालमा देखिएको हो।
वित्तीय विश्लेषकहरूका अनुसार अमेरिकी फेडरल रिजर्भले आगामी महिना ब्याजदर घटाउने संकेत नदिँदा, डलर बलियो बनेको र सोको असर सुन बजारमा परेको हो । साथै, मध्यपूर्व क्षेत्रको तनाव केही कम भएसँगै सुनको माग घटेको कारण पनि मूल्य घटेको बताइएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। तिहारअघि प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १५ रुपैयाँमा झरेको छ । यो प्रतितोला २६५ रुपैयाँको गिरावट हो। असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको थियो ।
व्यवसायीहरूले सुन–चाँदी बजारमा केही दिन स्थिरता रहने अपेक्षा गरे पनि अन्तर्राष्ट्रिय आर्थिक सूचकका आधारमा मूल्य पुनः उतारचढाव हुन सक्ने अनुमान गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य