बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि, सुन ६ सय र चाँदी २० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं,: बिहीबार देशभर सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँले बढी हो ।
अघिल्लो दिन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै रेकर्ड उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ३०१० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २९९० रुपैयाँमा कारोबार भएको थियो । असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा