बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि, सुन ६ सय र चाँदी २० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं,: बिहीबार देशभर सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँले बढी हो ।
अघिल्लो दिन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै रेकर्ड उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ३०१० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २९९० रुपैयाँमा कारोबार भएको थियो । असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य