सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं: नेपालमा सुन–चाँदीको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । मंगलबार सुनको मूल्य तोलामा रु १ हजार ९ सयले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन प्रतितोला रु २ लाख १७ हजार १ सय पुगेको हो ।
यसअघि सोमबार सुन तोलामा रु २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । गत शुक्रबार हालसम्मकै उच्च मूल्य रु २ लाख १५ हजार ८ सय पुगेको थियो, जुन मंगलबार फेरि तोडिएको हो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रु २० ले वृद्धि भई मंगलबार चाँदी तोलामा रु २ हजार ५९५ मा पुगेको छ ।
सुनको मूल्य उच्च हुँदा नेपालमा गहना व्यवसाय प्रभावित हुने देखिन्छ । दैनिक कारोबारमा गिरावट आउनुका साथै उपभोक्ता खरिद क्षमतामा पनि असर पर्छ । तर, विदेशमा काम गर्ने नेपालीहरूले पठाउने रेमिट्यान्स सुरक्षित रूपमा सुनमा लगानी गर्ने सम्भावना भने बढ्छ ।
चाँदीतर्फ पनि औद्योगिक प्रयोगसँगै गहनामा प्रयोग बढेकाले मूल्य स्थिर रहन सकेको छैन । मूल्यवृद्धिले औद्योगिक उत्पादनमा पनि लागत बढाउने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य