ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
सस्तो, सुरक्षित र व्यवसायिक लगानीका लागि सुनौलो अवसर


काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्नो नयाँ सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ आगामी असार २२ गतेदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउने भएको छ ।
दीर्घकालीन लाभ, सन्तुलित जोखिम व्यवस्थापन र व्यवसायिक लगानी व्यवस्थापनमा जोड दिँदै क्यापिटलले लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल दिलाउने लक्ष्यसहित यो योजना ल्याउन लागेको हो ।
शुरुआती चरणमा १ अर्ब २० करोड रुपैयाँ कोष आकारबाट सुरु गरिने यो योजना अधिकतम २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोड रुपैयाँसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।
सन्तुलित लगानी, दीर्घकालीन लाभ
क्यापिटलका अनुसार ‘समुन्नत योजना २’ ले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित ढंगले जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिनेछ । योजना नेपाल धितोपत्र बोर्डको म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालन गरिने भएकाले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापनमा पूर्ण प्रतिबद्धता रहने बताइएको छ ।
योजनाको मुख्य विशेषताहरु यसप्रकार छन् :
- योजना प्रकार : बन्दमुखी योजना
- फन्ड नाम : ग्लोबल आइएमई म्युचुअल फन्ड
- योजना नाम : ग्लोबल आइएमई समुन्नत योजना २
- कोष आकार : रु. १.२० अर्ब (अत्याधिक माग भएमा रु. १.५० अर्बसम्म)
- प्रति इकाई मूल्य : रु. १०
- न्यूनतम लगानी : १०० इकाई
- अधिकतम लगानी : योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
- योजना अवधि : इकाई बाँडफाँड मिति देखि १० वर्ष
- लाभांश नीति : प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
- सूचीकरण : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
- व्यवस्थापन शुल्क : नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
- डिपोजिटरी शुल्क : नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत
विविध लगानी संरचना : जोखिम र प्रतिफलको सन्तुलन
समुन्नत योजना २ को लगानी मिश्रण विविध र सन्तुलित छ । उच्च प्रतिफलका लागि ७० देखि ९० प्रतिशत लगानी इक्विटी तथा इक्विटी सम्बन्धी साधनहरूमा हुनेछ । मध्यम र न्यून जोखिमका लागि ऋणपत्र, फिक्स्ड डिपोजिट र नगद, आईपीओ तथा अन्य म्युचुअल फन्डमा ३० प्रतिशतसम्म लगानी गरिनेछ ।
किन लगानी गर्ने?
ग्लोबल आइएमई क्यापिटलले लगानीकर्तालाई निम्न कारणहरूले आकर्षित गर्नेछ :
- व्यवसायिक व्यवस्थापन
- लगानी विविधीकरण
- सहज पहुँच
- कम लागत
- पारदर्शिता
- कर छुट
- लगानीकर्ता संरक्षण
क्यापिटलले यस योजनामा लगानी गर्दा व्यवसायिक व्यवस्थापनको फाइदा लिन सकिने, सस्तो र सुरक्षित ढंगले लगानी बढाउन सकिने र भविष्यमा दीर्घकालीन लाभांश प्राप्त गर्न सकिने बताएको छ ।
आकर्षक प्रतिफल प्रक्षेपण
ग्लोबल आइएमई क्यापिटलले समुन्नत योजना २ बाट लगानीकर्ताले वार्षिक औसत २२.४९ प्रतिशत प्रतिफल प्राप्त गर्ने प्रक्षेपण गरेको छ । १० वर्षको अवधिमा लगानीकर्ताले कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्ने कम्पनीको अनुमान छ ।
योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहेको छ भने पहिलो ९ वर्षसम्म वार्षिक ८ देखि २० प्रतिशतसम्म लाभांश वितरण हुने अपेक्षा गरिएको छ ।
हाल ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत ‘समुन्नत योजना १’ तथा ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १’ सञ्चालनमा छन् । समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने ब्यालेन्स्ड फन्ड १ को कोष आकार १.०२५ अर्ब रुपैयाँ पुगेको छ ।
विश्वासिलो व्यवस्थापन
ग्लोबल आइएमई क्यापिटल लिमिटेड नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको हो । नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त यस क्यापिटलमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व छ ।
यस योजनाका इकाईमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
राम्रो रेटिङ्गसहित सुरक्षित लगानी
क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले यो योजनाका प्रबर्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले ‘आईआरएन एएमसी क्वालिटि ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले योजना सुरक्षित, व्यावसायिक र भरोसायोग्य रहेको संकेत गर्छ ।
निष्कर्ष
नेपालको म्युचुअल फन्ड बजारमा दीर्घकालीन र सन्तुलित प्रतिफल चाहने लगानीकर्ताहरुका लागि ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ एउटा उत्कृष्ट अवसरको रुपमा देखिएको छ । सस्तो, सुरक्षित र पारदर्शी लगानी मार्फत आर्थिक समृद्धिमा सहभागी हुन चाहनेहरुका लागि यो योजना आकर्षक बन्ने देखिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो