ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित


काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ। यसअघि बैंकले सन् २०२४ मा पनि सोही अवार्ड हासिल गरेको थियो।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध, नवप्रवर्तनशील र ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्सजस्ता विविध मापदण्डहरूमा उत्कृष्ट ठहरिएपछि ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई नेपालका लागि सन् २०२५ को ‘सर्वश्रेष्ठ बैंक’ को रूपमा सम्मानित गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो सम्मानले बैंकलाई थप उत्कृष्ट सेवा दिन प्रेरित गर्ने बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकायहरू, शेयरधनी, कर्मचारीहरू र सम्पूर्ण ग्राहकवर्गप्रति आभार प्रकट गरे।
ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य तथा पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोपका विभिन्न देशहरूका उत्कृष्ट बैंकहरूलाई समेत सो अवार्डबाट सम्मानित गरेको छ।
नेपालका वाणिज्य बैंकहरूमध्ये ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ पाउने पहिलो नेपाली बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो छुट्टै पहिचान बनाएको छ। ग्लोबल फाइनान्सले हरेक वर्ष विश्वका शीर्ष वाणिज्य बैंक तथा केन्द्रीय बैंकहरूलाई विभिन्न विधामा सम्मान गर्दै आइरहेको छ।
यस वर्ष सम्मानित अन्य बैंकहरूमा हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका प्रतिष्ठित बैंकहरू रहेका छन्।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै समयानुकूल नवीनतम सेवा प्रवाहमा केन्द्रित रहेको ग्लोबल आइएमई बैंकले प्राप्त गरेको ‘नेपालको उत्कृष्ट बैंक’ को यो सम्मानले आगामी दिनहरूमा अझ प्रभावकारी र रचनात्मक सेवा विस्तार गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।
विस्तृत शाखा सञ्जालसहित निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा परिचित ग्लोबल आइएमई बैंकले मुलुकभर ३५२ शाखा, ३८५ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन र राजस्व संकलन काउन्टर तथा ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।
बैंकले नेपालभित्रका नागरिकहरूलाई बैंकिङ सेवा दिँदै आएको छ भने अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने
-
प्राकृतिक प्रकोप न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : ऊर्जा मन्त्री खड्का
-
चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो
-
बागमती नदीको सफाइ, हराभरा काठमाडौं र चोभारको गल्छी
-
पाकिस्तानका बौद्ध सम्पदाबारे लेखिएको पुस्तकको नेपाली संस्करण विमोचन
-
नेपालको अर्थतन्त्रमा सुधारका चम्किला संकेतहरू, चुनौतीहरूलाई सामना गर्दै