सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ, : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ७३ बिन्दुमा कायम भएको छ ।
आज ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ बराबरको कारोबार भएको छ ।
कारोबारमा विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
आजको कारोबारमा एसवाइ प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रोटेक इन्डस्ट्रिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ४१ करोड ४९ लाख ९९ हजार ६६२ बराबरको १२ लाख ५२ हजार ६६९ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य